काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको भाउ केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तोला चाँदीको मोल चार हजार १८० निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।



























































