काठमाडौँ– केही महिनायता पार्टीभित्रै उत्पन्न भएको नागरिक उन्मुक्ति पार्टीको विवादमा नयाँ तरंग छाएको छ । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले पार्टी केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ ।


ADVERTISEMENT


बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


नाउपामा चौधरी प्रमुख सचेतकको भूमिकामा थिए । तर, पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उनी गएनन् ।

गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गङ्गा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन। आजै उक्त निर्णय संसद् सचिवालयका दर्ता गर्ने तयारी भइरहेको छ ।

चार मध्ये तीन सांसदको समर्थनमा दलको नेता बनेका चौधरीले अब पार्टीलाई मिलाएर लैजाने बताएका छन् भने उनको ठाउँमा पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।