काठमाडौं – कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानविनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थीत राष्ट्रिय परिक्षा बोर्ड अगाडी प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेतिथी अन्त्य गर, अनियमितता छानविन गर, दोषिलाई कारवाही गर, शैक्षिक न्याय कायम गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परिक्षा बोर्डमा प्रदर्शन गरिएको बताए । कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटीका कारण विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै विद्यार्थीहरुले चाडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटी गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।