काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित ३९ औं जगन्नाथ रथयात्रा महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।