काठमाडौं-पशुपति आर्यघाटमा पनि कमिसनको खेल हुने गरेको छ ।


ADVERTISEMENT


पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामग्री पशुपति क्षेत्र विकास कोषले तोकेका पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामग्री चाहिन्छ ।


ADVERTISEMENT

# # #


कोषका कर्मचारीले यी सामग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ ।

शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् ।

शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो ।

पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएका सामानको मूल्यअनुसार कमिसन लिने गरेको छ ।