काठमाडौँ– उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ।


ADVERTISEMENT


सोमबार बिहानदेखि कामकारबाही टेकुस्थित नेपाल आयल निगमको भवनमा हुने गरी सरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।


ADVERTISEMENT

# # #


सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो । काठमाडौँ प्रहरी भद्रकाली स्थित आफ्नै नयाँ भवनमा सरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनमा थियो । टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ ।

२०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ ।