एजेन्सी – इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । अजिंगरले मानिसलाई खाने घटना विरलै भए पनि इन्डोनेसियामा पछिल्लो एक महिनामा यो दोस्रो घटना हो ।


ADVERTISEMENT


पछिल्लो घटना दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँको हो । इन्डोनेसियाली प्रहरीका अनुसार मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो बच्चाको औषधि लिन घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिइन् ।


ADVERTISEMENT

# # #


उनका पति आदियान्साले पछि अधिकारीहरूलाई बताए कि उनले गाउँमा आफ्नो घरबाट ५०० मिटर टाढा सिरियतीको चप्पल र अन्य लुगाहरू फेला पारेका थिए। बीबीसी इन्डोनेसिया सेवासँग कुरा गर्दै स्थानीय प्रहरी प्रमुख इदुलले श्रीमान् अदियान्साले एउटा जिउँदो अजिंगर फेला पारेको बताए ।

अजिंगरको पेट फुलेको देखेर उनलाई शंका लाग्यो र अजिंगरको पेट काटिदिए । उसको पेटभित्र उनले आफ्नी श्रीमतीको शव फेला पारे, जो मृत अवस्थामा थिइन्। यसअघि जुनको सुरुमा दक्षिण सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निलेको थियो

यो घटनापछि यहाँका प्रहरीले सर्वसाधारणलाई अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सुरक्षाका लागि सधैँ चक्कु साथमा राख्न सुझाव दिएको थियो ।