काठमाडौँ – प्रतिनिधिसभाले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सन्दर्भमा राष्ट्रियसभाबाट आएको संशोधनलाई स्वीकार गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।


ADVERTISEMENT

# # #


प्रस्तावमाथि भएको छलफलपछि बहुमतले राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरी पारित भएको हो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिदै मन्त्री शर्माले सम्मेलनका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा उल्लेख मध्यावर्ती क्षेत्रमा सम्बन्धी निकायको स्वीकृति लिएर पर्यापर्यटनसम्बन्धी उद्योग सञ्चालन गर्न सक्नेछ भन्ने ठाँउमा उद्योग सञ्चालन गर्न स्वीकृति दिन सकिने छ भन्ने संशोधनमात्रै राष्ट्रियसभाबाट आएको जानकारी दिए ।

गत असार १७ गते प्रतिनिधिसभाले पारित गरी उक्त विधेयक राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले केही प्रावधान संशोधनसहित विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाएको हो । बैठकमा राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बोलाइएको छ ।