काठमाडौँ– नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले अब बन्ने सरकार संविधानकै धाराबाट बन्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा रिजालले बालाजुको बाइस धाराबाट नभई संविधान कै धाराबाट केपी ओली नेतृत्वको सरकार बन्ने भएकाले चिन्ता नगर्न सुझाव दिए ।
राजनीतिक स्थिरताका लागि नै एमालेले कांग्रेससंग सहकार्य गरेको उनले बताए । उनले प्रधानमन्त्री प्रचण्डको व्यवहार अस्थीर देखिएको र एमालेप्रति नै घात हुने संकेत देखिएको जिकिर गरे
। प्रचण्डले चार पटक सदनबाट विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमिक्षा गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै रिजालले प्रचण्ड नेतृत्वको सरकारबाट राजनीतिक स्थायित्वका साथै लोकतन्त्र सुदृढ हुदँैन भन्ने निष्कर्ष एमालेको रहेको बताए ।



























































