काठमाडौँ – रास्वपाका संसद हरि ढकालले प्रमुख दलहरुकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरुको भूमिका महत्वपूर्ण रहेपनि तीन दशकमा प्रमुख दलहरुकै कारण मुलुक पटक पटक समस्यामा परेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे । सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसंग बुझेको उनको भनाइ छ ।

उनले सरकार परिवर्तन हुदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरुले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए ।