सुर्खेत – पहिरोले शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्गको कालिकोट सडक खण्डअन्तर्गत एस मोडको पहिरो हटाउने काम सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण उक्त मोडमा ठूलो पहिरो गएको थियो । राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।
राजमार्ग खुलेसँगै यातायातका साधनहरू गन्तव्यतिर लागेका छन् ।



























































