काठमाडौँ । प्रसिद्ध ज्योतिष पंडित डा. रुद्रनाथ अधिकारीले गीतकारका रुपमा समेत नेपाली सँगीतको उचाई चुम्न उडान भरेका छन् ।


ADVERTISEMENT


सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच अधिकारीका तीन म्युजिक भिडियोहरु एकसाथ सार्वजनिक भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिष्ठित गीतकार एवम् कवि एस.पी. कोइराला लगायत बिशिष्ठ ब्यक्तित्वहरुले डा. अधिकारीको सांगीतिक यात्राको बिधिबत शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिजमा’ बोलका गीतहरुको म्युजिक भिडियो सार्वजनिक भएका छन् ।

बुझ मायालुमा प्रमोद खरेलको स्वर रहेको छ भने नरेन खड्का, समिक्षा क्षेत्री र अनुप बोहराको अभिनय रहेको छ । यस्तै रहेछ भाग्यमा पनि प्रमोद खरेलकै स्वर रहेको छ भने पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यसपालिको तिजमा अञ्जली अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै गीतकार ज्योतिष पण्डित डा. अधिकारीले आफूले आफ्ना दुर्घटनाका क्रममा भोगेका भोगाइहरुलाई गीतमार्फत व्यक्त गरेको बताएका छन् । उनले नेपाली गीत संगीतको क्षेत्रमा जोडिएर सकेको सहयोग गर्दै जाने बताएका छन् ।

गीतकार डा. अधिकारीले उपस्थित अतिथिहरुलाई धन्यवाद दिँदै आफूले गरेको व्यक्तिको भविष्यवाणीसँगै देशको भविष्यवाणी पनि मिलिरहेको बताएका छन् । उनले ज्योतिष शास्त्र वैदिक परम्परासँगै संगीतको पनि जन्म भएको बताउँदै भगवान शिवबाट नै संगीतको पहिलो प्रादुर्भाव भएको उल्लेख गरे । भगवानबाट सुरु भएको ॐ शब्दबाट संगीतको सुरुवात भएको उल्लेख गर्दै ज्योतिष शास्त्रलाई गीतमार्फत प्रस्तुत गर्न जमर्को गरेको बताएका छन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कोइरालाले डा. अधिकारीको गीति लेखन पनि ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियता जस्तै बनोस् भने शुभकामना दिएका छन् । उनले डा. अधिकारीले गीति क्षेत्रमा रुचि राखेर लगानी गर्नुभएकोमा खुशी समेत प्रकट गरेका छन् ।