काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर २ हजार २०४.६१ मा पुगेको छ ।


ADVERTISEMENT


ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अङ्कले उकालो लागेर ३९१.६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर रु ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ मूल्यमा कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् । समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी–५० ४.१३, सेञ्चुरी डिबेञ्चर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन् ।