काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै निजी निवास खुमलटार सर्ने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सरकारी निवास बालुवाटार छोडेर सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।


ADVERTISEMENT

# # #


विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा  ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछन् । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले यो पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२) अनुरुप विश्वासको मत लिने भएका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

प्रचण्डलाई विश्वासका मत नदिन कांग्रेस तथा एमाले लगायतले ह्विप जारी गरिसकेको छ । हाल गृहमन्त्री रहेका रवि लामिछाने नेर्तत्व रास्वपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्यीय रहेका छन् ।