काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


शुक्रबार निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुसार ओलीले संविधाको धारा ७६(२) अनुसार काँग्रेस र एमाले सांसद (बहुमत सदस्य)को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

राष्ट्रपतिको आह्वानको समय आइतबारसम्मै कायम रहेकाले ओलीको तत्काल नियुक्ति भएको थिए । समय सकिएसँगै आइतबार अपरान्ह ५ बजे राष्ट्रपतिले आलीलाई प्रधामन्त्री नियुक्त गरेका हुन् । तेस्रो पटक प्रधानमन्त्ती बनेका ओलीको शपथ भोलि (सोमबार) बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसका लागि शीर्ष नेताहरु, ससदहरु र विशिष्ठ व्यक्तित्वहरुलाई निमन्त्रणा गरिसकिएको छ ।