काठमाडौँ– नवनियुक्त केपी शर्मा अ‍ोलीविरुद्व सर्वाेच्च आदलतमा रिट दायर भएको छ ।


ADVERTISEMENT


कानुन व्यवसायी खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने उनीहरुको जिकीर छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओलीले आज शितल निवासस्थित पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।