काठमाडौं-मोरङको पथरीशनिश्चरेमा गएराति एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । पथरीशनिश्चरे–९ स्थित श्याम चौककी ३० वर्षीया तुलसा लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको हो ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको जानकारी दिए । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।