काठटमाडौँ – नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्नका लागि उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती विषय कार्यक्रममा महतले कागजमा देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका हुन् ।
उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफु अर्थमन्त्री हुँदा आलु प्याजमा भ्याट लगाउदा नबुझि विरोध गरिएको गुनासो गरे । महतले नयाँ प्रविधि भित्राउदै उत्पादन बढाउने कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए ।
त्यस्तै महतले नेपालको विशेषताका हिसावले कृषिको आकारलाई बृहत बनाउनुपर्ने बताए ।



























































