काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अव कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।

समावेशी समानुपातिकलाई आघात नपुग्ने गरि निर्वाचन प्रणालिको सुधार गर्नुपर्नेमा दुईमत नरहेको उनको भनाइ छ ।

कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खबरदारी गर्नुपर्ने बताए ।

उनले आफुहरु सत्तामा रहेपनि सरकारको गलत कामलाई गलत र सहि कामलाई सहि भन्ने स्पष्ट पारे ।