काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन भने । उनले राज्यको तल्लो तहबाटै महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधान कार्यान्वयन स्वरूप सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरिहेको हुँदा सहयोगका लागि सबैसँग अपिल गरे ।


ADVERTISEMENT

# # #


चेलिबेटी बेचबिखनलाई संस्थागत रूपमा अन्त्य गर्नेबारे सरकारले नयाँ योजना बनाउने तयारी गरेको उको भनाइ थियो । चेलिबेटी बेचबिखनबारे सरकारले गरेका कामहरू प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले परिणाममुखी काम गर्नसमेत निर्देशन दिए । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले चेलिबेटी बेचबिखन अन्त्य गर्न सरकार एक्लैले सम्भव नहुने भएकाले सरोकार राख्ने सङ्घ÷संस्थाको समेत उत्तिकै भूमिका हुने धारणा राखिन्।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले आफ्नो संस्थाले महिला, बालबालिकामाथि हुने हिंसाविरूद्ध कानुनको निर्माण र निर्मित कानुनको प्रभावकारी कार्यान्वयनका लागि वकालतसमेत गर्दै आएको जानकारी दिइन् ।

सो अवसरमा माइती नेपालले मानव बेचबिखन रोकथाममा योगदान पुर्याउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलगायत विभिन्न सङ्घ÷संस्था र माइती नेपालमा २० वर्ष सेवा पुर्याएका कर्मचारीलाई सम्मान गरेको छ ।