काठमाडौँ– सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।


ADVERTISEMENT


उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अधिकांश यात्रुहरूको भने हताहति भएको स्रोतले बताएको छ । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक आउन बाँकी छ ।

जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु नरहेको बुझिएको छ ।