काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो ।
स्रोतका अनुसार आएका अन्तृर्राष्ट्रिय विमानहरु पनि आकाशमा नै होल्ड गरिएको छ । थाइ एयरवेजको काठमाडौं आउदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । भने, बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको छ ।
आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।
उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको बताइएको छ ।



























































