काठमाडौँ– नेपाल उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको पुष्टि गरेको छ ।
प्राधिकरणका अनुसार दुर्घटनास्थलबाट १९ जनामध्ये एकको जीवित उद्वार गरिएको र अन्यको शव बाहिर निकालिएको छ ।
उद्दार हुनेमा पाइलट मनिषरत्न शाक्य रहेका छन् । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको छ ।
मृत्यु भएकाहरुको शव भने शिक्षण अस्पताल महाराजगञ्ज ल्याउन लागिएको छ ।




























































