काठमाडौँ– वर्षाका करण खेल प्रभावित भएपछि नेपाल र युनाइटेड अरब इमिरेट्सबीचको खेल ३४ ओभरमा छोट्याइएको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक मैदानमा हुने भनिएको खेल वर्षाका कारण मैदान भिजेपछि ढिलो गरी शुरु हुन लागेको हो । खेल ढिला भएपछि अब दुवै टोलीले ३४–३४ ओभरको मात्र खेल खेल्नेछन् ।


ADVERTISEMENT

# # #


भर्खरै गरिएको टस नेपालले जितेको छ र युएईलाई ब्याटिङको निम्ता दिएको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत नेपालको यो तेस्रो खेल हो ।

पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित हुन पुगेको थियो ।