काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज युएईको सामना गरिरहेको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक मैदान पानी परेका कारण मैदान भिजेपछि तीन घण्टापछि सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । खेल टिला सुरु भएकोले घटाएर ३४ ओभरमा झारिएको छ ।


ADVERTISEMENT

# # #


यसअघिका दुई खेलमा दुबै टोलिले १/१ जिते हासिल गरेका ले उत्कृष्ट २ मा पर्नका लागि दुबै टिमका लागि यो खेल गर या मरको स्थितिमा छ ।

पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित हुन पुगेको थियो ।