काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मीक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका हुन् ।
अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनको आरोप छ । उनले वर्तमान सरकार गठन भएपछि मन्त्रपिरिषद् र प्रादेशीक मन्त्रीहरु नियुक्ती देखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृखला देखिन थालेको जिकिर गरे ।
ढकालले बेथितीका कुराहरुलाई संदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए । आफूहरु अपूताली खाने नातिनातिना नभएको भन्दै उहाले डिठ्ठा र काजीसावका रवैयाहरुलाई खवरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिका भएको जिकिर गरे ।
ढकालले अपूताली खाने नातिनातिना नभएको बताएपछि एमाले सांसद दीपा शर्माले नियमापति जनाउदै अपूताली शव्द रेकर्डबाट हटाउन माग गरिन् । उनले आक्रोशमा जे पनि आरोप लगाउन नमिल्ने उल्लेख गरिन् ।
त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रीक नीति हेर्दा नियमकहरुको चावी अर्थमन्त्रालयमा राख्ने र आफुले पायक पर्दा खोलिने गरेको देखिएको टिप्पणी गरे ।



























































