विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।


ADVERTISEMENT


सोमवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उहाले सरकार गठन बारे लगभग सहमति भईसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए । तर कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाई भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे । मुख्यमन्त्री कार्कीले बजेट संसोधन नभई केही विषयमा पूनरावलोकन गरिने समेत बताए ।