काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उहाले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको जनाए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले सुनाए ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको उल्लेख गरे । समाजमा देखिएका सामन्तवादको अवशेषलाई सवै मिलेर अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्ने अभियानमा सबै सचेत वर्गहरु लाग्नुपर्ने उनको भनाइ छ । उहाले मान्छे बोक्सी हुन्न कहिल्यै जागरण अभियानका लागि नेपाल सरकारको पनि सहभागिता र समर्थन रहने बताए ।