काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उनले नेपाली युवाहरु देश र बिदेशमा जुनसुकै क्षेत्रमा अव्वल गरेको भन्दै देशको बिकासमा परिचालन हुनुपर्ने बताएका हुन् ।
उनले २०५१ सालमा आफु रक्षा मन्त्री भएकैबेला महिलाहरुलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको बताए । उनले सोही समयमा नै तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गरेको समेत स्मरण गरे ।
उनले छोरा र छोरीबीच कसैले पनि भेदभाव गर्न नपाइने भन्दै समान अधिकारका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिए ।



























































