काठमाडौं-आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले युएईमाथि ४ विकेटको सानदार जित दर्ता गरेको छ ।नामिबियामा आइतबार वर्षाले प्रभावित खेलमा युएईलाई ४ विकेटले हराउँदै नेपालको शीर्ष २ मा रहने सम्भावना बलियो बनाएको छ ।


ADVERTISEMENT


वर्षाका कारण तीन घण्टा ढिलो सुरू भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । नेपालले टस जितेर युएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । युएईले निर्धारित ३४ ओभरको खेलमा ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रनमा अलआउट भयो ।


ADVERTISEMENT

# # #


युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ तथा सन्दिप लामिछानेले ३ विकेट लिए । कप्तान पारस खड्काले २ विकेट हात पारे । युएईको एक रन हुँदा पहिलो ओभरमा सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि युएईले २५ रन हुँदा दोस्रो विकेट गुमायो ।

युएईका घुलाम साबेर १६ रनमा आउट भए। भने सइमन अनवर ३० रनमा आउट भए । लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो । युएईको स्कोर ७१ रन हुँदा नेपालले छैठौं सफलता हात पार्यो। यसपटक पनि सन्दिपले नै विकेट लिए । त्यसपछि कप्तान पारस खड्काले दुई विकेट लिएपछि युएईले ९५ रनमा आठ विकेट गुमायो ।

उसका अद्नान मुफ्तीले १८ तथा मोहम्मद बोटाले १५ रन बनाए। लगत्तै युएईको १ सय ९ रन हुँदा सोमपालले नवौ विकेट लिए। जवाफमा नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको ब्याटिङ आज पनि सुरुवात खराव रह्यो । नौ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले २० रन पुर्‍याउँदा तीन विकेट खेर फाल्यो ।

ओपनर ज्ञानेन्द्र मल्ल पाँच रनमा आउट हुँदा दिलिप नाथले २ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर पनि मात्र ३ रनमा आउट भएपछि नेपालले ४६ रनमा चार विकेट गुमायो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक प्रहार गरेका छन् । एकपछि अर्को विकेट गमुाएको नेपालका लागि कप्तान पारसले कप्तानी इनिङस् खेल्दै ५१ रन बनाए । आरिफ शेखले १६ तथा रोहित पौडेलले १२ र सोमपाल कामीले १० रनको योगदान गरे । कप्तान पारस खड्का म्यान अफ द म्याच बने ।

नेपालले भोलि आफ्नो चौथो खेल केन्यासँग खेल्नेछ।

आजको खेलसँगै नेपाल ६ राष्ट्र सम्मिलित टोलीको दोस्रो स्थानमा उक्लिएको छ। सबै खेल जितेको क्यानाडा ६ अंकसहित शीर्ष स्थानमा छ। यस्तै नेपालसँग पराजित भए पनि अंकका आधारमा युएई तेस्रो तथा आयोजक नामिबिया चौथो र ओमान पाँचौ स्थानमा छन्। दुई खेल खेलेको केन्याले दुबैमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।