काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए । उनले भने, “जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यकपर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।”


ADVERTISEMENT

# # #


मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए । “जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ ”, उनले भने, “यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो । त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।”

यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खोनेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे ।