काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन भएको छ ।
कामतको बिहीबार बिहान आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा निधन भएको हो ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो ।
उहाँ लामो समय मृगौलासम्बन्धी रोगबाट पिडित हुनुहुन्थ्यो । उहाका तीन छोरा र एक छोरी छन् ।



























































