काठमाडौँ– बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई ‘राईट म्यान, राईट प्लेस’ ब्यक्ति युवा तथा खेलकुद नियुक्त भएकोले देशै भरीका चर्चित खेलाडीहरुले बधाईको ओईरो नै लागेको छ।
यसरी बधाई दिनेहरुमा आठौं , नवौ, दशौ, र एघारौं , साफ स्वर्ण पदक विजेता तथा ओलम्पियन खेलाडी दिपक बिष्ट ओलम्पियन खेलाडी संगिना वैद्य, ओलम्म्पियन खेलाडी नयना शाक्य नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा सितोरियो कराते संघ अध्यक्ष तथा कराते संम्थापक अध्यक्ष दावा गुरुङले बधाई दिएका छन् ।
साथै तेक्वान्दो संघ संथापक दिपराज गुरुङ, अखिल नेपाल फुटबल संघ अध्यक्ष पंकज बिक्रम नेम्बाङ एन्फा पुर्ब अध्यक्ष गणेश थापा, अर्का एन्फा पुर्ब अध्यक्ष कर्मा छिरिङ शेर्पा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष तथा आठौं, नवौं साफ स्वर्ण पदक बिजेता दिपक श्रेष्ठ,लगाएत देशैभरीका खेलाडी तथा खेलकुद प्रेमिहरुहरुले पनि बधाई दिनुका साथै खुशियाली मनाएका छन् ।
मन्त्री महर्जन आफै करातेका अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रीय रेफ्री समेत हुन। मन्त्री महर्जन २०६६ सालमा मन्त्री परिषदको निर्णय बाट खेलकुद परिषदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भई सकेको व्यक्ति हुन् ।मन्त्री महर्जनले सयौ राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाड़ी उत्पादन गरी सकेका छन् ।
मन्त्री महर्जनलाई खेलकुद मन्त्रालय हेटौड़ा मै गएर बधाई दिन लर्को नै लागेको छ। खेलकुद जगतको चिरपरिचित भएकै कारण महर्जनलाई मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ्ले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएको थियो। मन्त्रीलाई मन्त्री बनाउन नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय ईन्द्रबहादुर बानियाँको विशेष भुमिका रहेको कांग्रेस वृत्तमा चर्चा छ।
मन्त्री महर्जनको कार्यकालमा खेलकुद क्षेत्रमा फ़र्को मार्ने चर्चित खेलाड़ी तथा ओलम्पियन खेलाड़ी दीपक बिष्टले बताए।



























































