काठमाडौँ – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।
नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा उक्त अफरका विजेता सुनसरीका ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले हुन्डाई एक्सटर गाडी हस्तान्तरण गरेका हुन्।
उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले छ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।
यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुक पेजबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरेको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।



























































