काठमाडौं(रासस)-पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT


पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना २ च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


जनकपुरबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १२३३ नं को बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

बाटो काटेर जाने क्रममा राति १ बजे एम्बुलेन्सको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा बिहान २ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । एम्बुलेन्स चालक नियन्त्रणमा छन् ।