काठमाडौं-प्रहरी इन्सपेक्टरका तीन परीक्षार्थीले परीक्षामा धाँधली भएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।


ADVERTISEMENT


इलाम बरबोटका द्धारिकाधीश घिमिरे, खोटाङ लिच्की राम्चेका सन्देशमणी सापकोटा र भोजपुर बास्तिम घर भई काठमाडौं बस्ने सरोजराज कार्कीले रिट दायर गरेका हुन् । कात्तिक १४ देखि २७ सम्म प्रहरी इन्सपेक्टरको परीक्षा भएको थियो ।


ADVERTISEMENT

# # #


मिलेमतोमा गैरकानुनी तरिकाले आधिकारिक व्यक्तिको हस्ताक्षर र छापसमेत नलगाई सफल उम्मेदवार भनी सूचना जारी गरी सम्पर्क राख्न भनिएकाले उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न रिट निवेदकले माग गरेका छन् ।-आजको अन्नपूर्ण पोस्टबाट