काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सापकोटाले नियम उलंघन गरेर सरकारले प्राधिकरणका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको भन्दै आपत्ति जनाए । उक्त घटनाले सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


सापकोटाले अघिल्लो संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको छानविन गर्न उपसमिति बनाएको र समितिले दिएको प्रतिवेदनका आधारमा डेडिकेटेड र ट्रंक लाइनबाट समयमा नै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकहरूलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको स्मरण गरे ।

तर, हालका लेखा समितिका सभापतिले उक्त निर्णयलाई उल्टाउन खोजेको उनले आरोप लगाए । त्यस्तै उनले हालका लेखा समितिका सभापतिले उद्योगीसँग रहस्यमय भेट गरेको समेत आरोप लगाए । सापकोटाले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिनका लागि रुलिङ गर्न पनि माग गरे ।