काठमाडौं-लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो । बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले गेटाफेको पोष्टमा आधा दर्जन आक्रमण गरेको थियो । तर, बार्सिलोना गोल गर्न भने चुकेको थियो । यता, गेटाफेले पनि केहि गोलको अवसर खेर फालेको थियो ।


ADVERTISEMENT

# # #


२३ खेलपछि बार्सिलोना लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो । मेसीले पनि बार्सिलोनालाई कुनै गोल दिलाउन सकेनन् । पहिलो हाफमा बार्सिलोनाका तर्फबाट लुइस सुवारेजले गरेको प्रहार अफसाइड भएपछि बार्सिलोनाको निराशा सुरु भएको थियो ।

यो बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडविरुद्ध ९ अंकको अग्रता बनाउनबाट चुकेको छ । बराबरीपछि लिग लिडर बार्सिलोनाको ५९ अंक छ । एथ्लेटिको मड्रिडको ५२ अंक छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भ्यालेन्सियाले लेभान्टेलाई ३-१ ले हराएको छ । जितसंगै तेस्रो स्थानको भ्यालेन्सियाले ४३ अंक जोडेको छ । यस्तै सेभियाले जिरुनालाई १-० ले हराउदा सेल्टा भिगो र स्पानियोलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।