काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए ।


ADVERTISEMENT

# # #


यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसंग छलफल पनि गर्दै जाने उनले जानकारी दिए । त्यस्तै उनले सहकारी रकम हिनामिनामा आरोपीत सम्बन्धीत सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसंगपनि समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरुको खाका तयार गरिएको बताए ।

विभिन्न निकायबाट माग गरेका तथ्य–तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।