जनकपुरधाम – प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


ADVERTISEMENT


उपसभामुखको चुनाव फागुन ४ गते हुनेछ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको भागवण्डामा सभामुख राजपाले पाएको छ । राजपाले सभामुखमा महासचिव मनिष सुमनलाई अघि सार्ने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #