काठमाडौँ– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ । नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।


ADVERTISEMENT


नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ ।


ADVERTISEMENT

# # #