विराटनगर– प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखमा प्रदिपकुमार भण्डारी निर्विरोध चयन भएका छन् । सोमबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरमा बसेको प्रदेशसभा बैठकले एमाले नेता भण्डारीलाई निर्विरोध सभामुखमा चयन गरेको हो । सुनसरी–२ क बाट प्रदेशसभामा निर्वाचित भण्डारी पूर्व शिक्षक समेत हुन् ।


ADVERTISEMENT


वि।सं।२०२० सालदेखि माक्र्सवादी केन्द्रमा आबद्ध भएर राजनीतिमा लागेका भण्डारी नेकपा एमालेमा माधव नेपाल खेमाको नेताका रुपमा चिनिन्छन् । शिक्षकको राजनीतिमा लामो समय सक्रिय भण्डारी जागीरे जीवनबाट अवकास पाएपछि पार्टी राजनीतिमा होमिएका थिए । प्रदेशसभा १ को सभामुख पदमा बाम गठबन्धनबाट भण्डारीले उम्मेद्वारी दिएपछि नेपाली कांग्रेसको तर्फबाट भने उम्मेद्वारी दर्ता भएन् ।


ADVERTISEMENT

# # #