विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिने बताएका छन् ।


ADVERTISEMENT


आइतवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयहरुको संख्या ९ बाट नबढाइने समेत बताए ।


ADVERTISEMENT

# # #


उनले प्रदेश संरचनालाई स्थापित गर्ने र प्रदेश चाहिन्छ भन्ने मान्यता प्रति विश्वास दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्षा चिया सम्मेलन, पर्यटन सम्मेलन र लगानी सम्मेलन आयोजना गरेर प्रदेशको आर्थिक गतिविधि बढाउने गरी कार्यक्रम ल्याउन लागेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले एक साता भित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताउदै दशैं अगाडि सम्म ६÷७ वटा विधेयकहरु पारित गर्ने योजना रहेको जानकारी र्दिए ।