काठमाडौँ – नेपााली कांग्रेसका नेता डा शेखर कोइरालले चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका छन् ।
सुनकोशी–इन्द्रावती समाज,सिन्धुपाल्चोकले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सा शिक्षा पढ्नका लागि धेरै पैसा लाग्ने कारणले बिद्यार्थीहरु पढ्नबाट बञ्चित हुने गरेको भन्दै यसलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका हुन् । त्यस्तै उनले स्वास्थ्य सेवा सरकारी अस्पतालमा महङ्गो हुदै गएको उल्लेख गरे ।
स्वास्थ्य क्षेत्रलाई सवै नागरिकको सहज पहुँचमा पुराउनका लागि सरोकारवाला सवै गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले आफू राजनीतिज्ञ भएकाले राज्यले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काममा आफुले ध्यानाकर्षण गराउने धारणा राखे ।


























































