दक्षिण कोरियाली स्मार्टफोन जाएन्ट सामसुङले प्याटेन्ट विवादमा झण्डै १२ करोड जरिवाना तिर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


चिनियाँ स्मार्टफोन निर्माता हुवावेले सामसुङविरुद्ध हालेको मुद्दामा भएको फैसला अनुसार सामसुङले हुवावेको प्याटेन्ट अधिकार चोरी गरेको पुष्टि भएको हो । चीनको क्वान्झाउस्थित एक अदालतले हुवावेका विभिन्न स्मार्टफोन प्रविधि विना अनुमति नक्कल गरेर प्याटेन्ट अधिकारको हनन गरेको ठहर गरेको हो । अदालतले हुवाबेलाई सामसुङले ८ करोड चिनियाा युआन जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।


ADVERTISEMENT

# # #


सामसुङले आफ्ना २० भन्दा बढि मोडेलका स्मार्टफोन तथा ट्याबलेटमा अनुमति विना आफ्नो प्रविधि नक्कल गरेर कम्तीमा १० वटा प्याटेन्ट अधिकारको हनन गरेको आरोप लगाउँदै हुवाबेले गत मे महिना यता चीनको सेन्झेन तथा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतहरुमा मुद्दा हालको थियो ।

त्यस्तै, सामसुङले पनि गत जुलाईमा हुवावेविरुद्ध विभिन्न ६ वटा प्याटेन्ट अधिकार हननको अभियोगमा मुद्दा हालेको थियो । साथै उसले हुवाबेसँगको विवाद सहज रुपमा समाधान गर्ने प्रयास गरिएको समेत बताएको थियो ।

पछिल्लो तथ्यांक अनुसार, सामसुङ विश्वको नम्बर एक स्मार्टफोन कम्पनी हो भने हुवाबे नम्बर तीन कम्पनी । एप्पल र सामसुङबीच लामो समयदेखि प्याटेन्ट विवाद सतहमा आइरहेकोमा अब यो विवादमा हुवाबे पनि मुछिएको छ ।
बीबीसी