काठमाडौँ–परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार नौ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए ।


ADVERTISEMENT


अस्पतालले आज ६५औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरङ्ग सेवातर्फ एक लाख ९४ हजार चार सय ९० जनाले सेवा लिएको उनले बताए ।


ADVERTISEMENT

# # #


विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको उक्त अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् । निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको जनाए ।

उहाँले भन्नुयो, “कूल डेलिभरीमध्ये नौ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो सङ्ख्या गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।” गत आवमा नौ हजार ११ निःसन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये दुई सय २२ महिलाले आइयुआई सेवा र २० निःसन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुआत गरिएको छ । साथै अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ ।

वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।