काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोहोर थुपारेको ठाउँमा मंगलबार आगलागी भएको छ । फोहोरको थुप्रोबाट ठूलो धुँवाको मुस्लो देखिएपछि विमानस्थल करिब ९ मिनेटका लागि बन्द गर्नुपरेको थियो ।


ADVERTISEMENT


नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता प्रेम नाथ ठाकुरका अनुसार कसैले फोहोरमा चुरोटको ठुट्टा फालेको कारण आगलागी भएको हुनसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘विमानस्थल बन्द नै गर्नुपर्ने अवस्था थिएन । तर, रनवेबाट विमानस्थलका दमकल वारपार गर्नुपर्ने भएको कारण केही समयका लागि बन्द गर्नु परेको थियो,’ ठाकुरले भने ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।