काठमाडौं – प्रदेश सरकारको गठन प्रक्रिया शुरु भइरहेको बेला दलहरुमा मन्त्री बन्नेको चर्चा पनि शुरु भएको छ ।


ADVERTISEMENT


२ नम्बर प्रदेशमा फागुन ३ गते मुख्यमन्त्रीको सपथ हुँदैछ । मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल पनि गठन हुनेछ । मन्त्रीका लागी प्रदेश सांसदहरुको दौडधुप बाक्लिएपछि राष्ट्रिय जनता पार्टीले दवावलाई कम गर्नका लागि एउटा उपाय निकालेको छ ।


ADVERTISEMENT

# # #


राजपा नेपाल अध्यक्ष मण्डलको बैठकमा प्रदेश सभाका समानुपातिक सांसद मन्त्री बन्न नपाउने प्रस्ताव गएको छ । जो समानुपातिक सांसद छन्, उनी मन्त्री बन्न नपाउने उपाय राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले निकालेका थिए ।

तर, यसमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र अनिलकुमार झाले आपत्ति जनाए । समानुपातिक र प्रत्यक्ष संसदको हैसियत बराबर भएका हुनाले मन्त्री बन्नबाट कसैलाई रोक्न नमिल्ने उनीहरुको धारणा थियो ।

तर, महेन्द्र राय यादवले समानुपातिक संसदले मन्त्री बन्न नपाउने मापदण्ड बनायो भने त्यसले पार्टीमा अलि दवाव कम हुने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ ।

यद्यपी अध्यक्ष महेन्द्र राय यादवले यस विषयमा पार्टीमा कुनै छलफल नभएको दावी गरे ।

प्रदेश सरकारमा राजपा नेपालको भागमा तीनवटा मन्त्रालय परेको छ । जब कि त्यो दलसँग २५ सांसद रहेका छन् । २५ जनामध्ये एकजना सभामुख बन्नेछन् । त्यसबाहेक अरु सबै मन्त्रीका आँकाक्ष्ीा रहेका छन् । १० जना समानुपातिक संसद रहेका छन् ।

यदि समानुपातिक संसदले मन्त्री हुन पाउँदैन भने १४ जनाबीच मन्त्रीका लागी हानाथाप हुनेछ । मन्त्रीका दौडमा संसदीय दलका नेता जितेन्द्र सोनल, नवलकिशोर साह, उपेन्द्र महतो, मनिष सुमन, विक्की यादव, सुरेश मण्डल, रानी शर्मा तिवारी, सुरिता साह, डा।डिम्पल झा ९समानुपातिक०, रामनरेश राय यादव ९समानुपातिक०, डा।रिना यादवलगायत रहेका छन् ।

यद्यपी मन्त्री कसरी छान्ने त्यसको बारेमा कुनै मापदण्ड तयार हुन सकेको छैन ।