काठमाडौँ – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सदनमा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश भएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले प्रचण्डले सदनमा आक्रोशपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका हुन् । सो क्रममा संविधानका सवै कुराहरु मान्न तयार रहेको भन्ने अभिव्यक्ति सकारात्मक पक्ष भएको उनको भनाइ छ । त्यस्तै उनले लेखा समिति प्रतिपक्षीले पाउने अधिकार रहेपनि यसअघिका नजिरहरु हेर्नुपर्ने बताए ।
खतिवडाले प्रयोग गरिएका विद्युतको महसुस तिर्नैपर्ने उल्लेख गरे । यसमा देखिएको विवादलाई मन्त्रीपरिषदले निर्णय गरेर हल गर्नुपर्ने उनले सुझाव दिए । विभिन्न आयोगहरुका सुझाव प्रतिवेदनलाई आधारमा मानेर विधुत महशुलका बारेमा सरकारले आवश्यक निकास निकाल्नुपर्ने उनको भनाइ छ ।



























































