काठमाडौं-एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रूप दिने कसरतमा जुटेका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका उनीहरूले त्यसअघि नै एउटै पार्टी बनिसकेको सन्देश दिन खोजेका हुन् ।


ADVERTISEMENT

# # #


आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् ।

पार्टी एकताको विधि र सरकारको स्वरूपमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सैद्धान्तिक समझदारी गरिसकेका छन् ।

अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ । मंगलबार ओली र दाहालको बैठकले बुधबार दिउँसोका लागि संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।-आजको कान्तिपुरबाट